+
+

भारत र पाकिस्तानलाई वार्तामा आउन चीनको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २५ गते ८:३५

२५ फागुन, काठमाडौं । चीनले भारत र पाकिस्तानलाई संयमित हुन सुझाव दिएको छ । भारत र पाकिस्तानको पछिल्लो द्वन्द्वले फेरि विश्वको ध्यानाकर्षण गरेको भन्दै चीनले दुवै देशलाई शान्ति कायम गर्न सुझाव दिएको हो ।

चिनियाँ तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा चीनका परराष्ट्रमन्त्री वाङ यीले भने, ‘घटना गम्भीर बन्दै जाने अवस्था नआओस् भन्नका लागि संयमता कायम गरेर वार्ताका माध्यमबाट समस्याको समाधान गर्नु उचित हुन्छ ।’

भारत-पाकिस्तान दुवैले प्रादेशिक अखण्डता र सार्वभौमिकतालाई पूर्णरूपमा सम्मान गर्नुपर्नेमा चीनले सधैँ जोड दिँदै आएको उनले बताए । चीनले दुई पक्षलाई सहअस्तित्वमा गएर आपसी सहयोग गर्ने आशा लिएको उनको भनाइ छ ।

पाकिस्तान र भारत दुई निकट छिमेकी भएको र दुई देशका जनताले हजारौं वर्षको दक्षिण एशियाली उपमहाद्वीपीय सभ्यताको उपभोग गरेको भन्दै वाङले दुई देश सामु स्थिरता, विकास र समृद्धिको महत्वपूर्ण अवसर देखापरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?