
१४ चैत, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगंजबाट १ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा वीरगञ्ज-१ छपकैयास्थित भकुवा नाकाबाट कपडा बरामद गरेको हो ।
बिहान बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाका प्रहरी निरीक्षक जीवनबहादुर मल्लले जानकारी दिए ।
बोर्डर आउटपोष्ट सिर्सियाको टोलीले पछिल्लो ७ महिनाको अवधिमा २० लाख ५८ हजार तीन सय ७५ रूपैयाँको समान बरामद गरी भन्सार चलान गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4