Comments Add Comment

उद्योग परिसंघको अध्यक्षमा सतिश मोर, निर्वाण बने उपाध्यक्ष

२६ चैत, काठमाडौं । उद्योग परिसंघको अध्यक्षमा सतिश मोर चयन भएका छन् । हरिभक्त शर्माको कार्यकाल सकिए पछि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका मोर अध्यक्षमा चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानका कारण मोर अध्यक्ष चयन भए । सोमबार सम्पन्न परिसंघको १६ औं साधारणसभाले उपाध्यक्षमा ७ जनालाई चयन गरेको छ ।

उपाध्यक्षहरुमा निर्वाण चौधरी, राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे, अनुज अग्रवाल, विष्णु अग्रवाल र शुलभ अग्रवाल चयन भएका छन् । यिनै उपाध्यक्षहरु मध्येबाट एक जना परिसंघको वरिष्ठ उपाध्यक्ष चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment