Comments Add Comment

अर्जेन्टिनाका फुटबल प्रशिक्षक कारको ठक्करले घाइते

२६ चैत, काठमाडौं । अर्जेन्टिना राष्ट्रिय टिमका प्रशिक्षक लियोनल सेबास्टियन स्कालानीलाई कारले ठक्कर दिँदा घाइते भएका छन् । मंगलबार बिहान साइकल चलाइरहँदा उनलाई कारले ठक्कर दिएको हो ।

उनको अवस्था गम्भीर रहेको खबरहरु आइरहे पनि अस्पतालबाट आधिकारिक जानकारी आइसकेको छैन ।

४० वर्षका स्कोलानी गएको विश्वकपपछि अर्जेन्टिना राष्ट्रिय टिमका प्रशिक्षक बनेका थिए । २००३ देखि २००६ सम्म अर्जेन्टिनाको राष्ट्रिय टिमबाट खेलेका स्कोलानीले खेल जीवनमा अर्जेन्टिना, स्पेन, इंग्ल्याण्ड र इटालीका क्लबमा व्यवसायिक फुटबल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment