Comments Add Comment

सक्रिय राजनीतिमा आए उपेन्द्र यादवका छोरा

२५ चैत, विराटनगर । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र सक्रिय राजनीतिमा आएका छन् । अमरेन्द्र बाबु अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालको विराटनगर महानगरपालिका अध्यक्ष चुनिएका छन् ।

विराटनगर संघीय फोरमको प्रभाव क्षेत्र हो । दुई महिनाअघि छोरालाई महानगरपालिकाको संयोजक तोकेका यादव शनिवार आयोजित प्रथम अधिवेशनमार्फत छोरालाई अध्यक्षमा निर्वाचित गराएका छन् ।

परिवारवाद हावी भएको भन्दै एउटा खेमा भने असन्तुष्ट बनेको छ ।

नेताहरुका अनुसार अमरेन्द्रलाई निर्बिरोध बनाउने प्रयासमा यादव आफैं जुटेका थिए । तर, यादवले छोरालाई टीका लगाएर अध्यक्ष बनाउन खोजेको भन्दै असन्तुष्ट समूहले समिर कमरलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

शनिबार राति भएको निर्वाचनमा अमरेन्द्र २२ मतान्तरले बिजयी भए ।

तत्कालीन फोरमका नगर अध्यक्ष समिम कमरले ९० मत ल्याएका छन् भने अरमेन्द्रले ११२ मतका साथ अध्यक्षमा निर्वाचित भए । अध्यक्षका लागि भएको निर्वाचनमा २१० मत खसेको थियो, जसमा ८ मत बदर भएको थियो ।

छोरा अध्यक्ष, बाबु प्रमुख अतिथी

शनिबार विराटनगरमा फोरमको प्रथम नगर अधिवेशन भएको थियो । अधिवेशनको उद्घाटन सत्रको अध्यक्ष छोरा अमरेन्द्रले गरे ।

बाबु उपेन्द्र प्रमुख अतिथी थिए । सम्बोधनका क्रममा भने यादवले राणा र राजाहरुले परिवार मात्र हेर्दा देश विकास नभएको बताएका थिए । जबकी उनकै पार्टीका कार्यकर्ताले उनीमाथि परिवार मोह देखाएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment