+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

युनिग्लोव कलेजद्वारा जव प्लेसमेन्ट मेला आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते २१:१२

१ जेठ, काठमाडौं । बानेश्वरमा रहेको युनिग्लोव कलेज परीसरमा मिति २०७६ जेष्ठ १ गते बुधवारको दिन विभिन्न संघ संस्थाहरुको उपस्थितीमा जब प्लेसमेन्ट मेला सम्मन्न भएको छ ।

कार्यक्रममा व्यवस्थापन संकायका एम.वि.ए.र एम.वि.ए-फाइनान्स) कार्यक्रमका भर्खरै उत्तिर्ण भएका छात्र छात्राहरु गरी १०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा चौधरी ग्रुप, पञ्चकन्या ग्रुप, गोर्खा ब्रुअरी, भिभो मोवाइल, वरुण वेभेरेज (पेप्सी), एपिवान टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, आइ.एम.इ, अटोमोटिम्स, मेरो जब लगायत १८ वटा विभिन्न क्षेत्रका कम्पनीहरुको उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटनमा मेरोजवका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरिले यस्ता कार्यक्रमले विद्यार्थीहरुको भविष्य उज्वल बनाउने बताउदै युनिग्लोव कलेजका विद्यार्थीहरुको गुणस्तर र क्षमता राम्रो रहेको बताए ।

कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक अनन्त राज घिमिरेलेयुनिग्लोवका विद्यार्थीहरु बजारमा अरु भन्दा फरक र अब्बल रहेको वताउनु भयोसाथै यहााका विद्यार्थीहरुमा सकारात्मक सोच, विलक्षण प्रतिभा एवं समस्या समाधानको निम्ति क्षमतावान रहेको वताए ।

साथै कलेजका पि्रन्सिपल एवं प्रवन्ध निर्देशक डा. नर बहादुर विष्टले युनिग्लोव कलेजका विद्यार्थीहरुले व्यवस्थापन अध्ययनसाग सागै बजारको माग बमोजिम बहुआयामिक शिक्षा हासिल गरेकाले यस्तो अवसरले उनीहरुलाई आˆनो गन्तव्यमा पुर्‍याउनको लागि विशेष सहयोग हुने बताए ।

उक्त कार्यक्रम अगाडी विद्यार्थीहरुलाई आˆनो रिजुमी, अन्तरवार्ता, सामुहिक छलफल एवं व्यक्तित्व विकास सम्बन्धी ६ दिने तालिमको पनि व्यवस्था गरिएको थियो ।

युनिग्लोव कलेजबाट अध्ययन पश्चात् विद्यार्थीहरुले बढीमा दुई देखि तीन महिना भित्रमा आफुले रोजेको र खोजेको क्षेत्र तथा स्थानमा रोजगार प्राप्त गरेको बिष्टले बताए ।

साथै युनिग्लोवका ग्राजुएट विद्यार्थीहरु मध्य कम्तीमा दश प्रतिशतले आफ्नै व्यापार, व्यवसाय सुरु गर्ने गरेको बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोवल बढाउनुको साथै उनीहरुलाई सदैव अग्रसर रहनको लागि प्रेरणा मिलेको र कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?