Comments Add Comment

देशैभर ‘नेपाली कांग्रेस मेला’ हुने

३ जेठ, काठमाडौं । देशभर जागरण अभियान सुरु गरेको नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस मेला’ आयोजना गर्ने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौंसहित देशका विभिन्न भागमा ‘कांग्रेस मेला’ कार्यक्रमा गर्ने निर्णय गरेको हो ।

पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले बिभिन्न कार्यक्रम आयोजना गरी ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरकि्रया कार्यक्रम गर्ने, १५ गते विहान प्रभातफेरी, साँझ दीप प्रज्वलन र १६ गते संघीयताको कार्यान्वयन विषयक विचार गोष्ठी आयोजना गर्ने निर्णय गरिएको कांग्रेसले जानकारी दिएको छ ।

यस्तै, ७ प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम गर्ने, कि्रयाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रक्षिण दिने निर्णय प्रतिष्ठानले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment