+
+
Shares

मोरङमा प्रशासनले रोक्यो मुसहरको जनसभा !

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते १७:०३

३ जेठ, विराटनगर । स्थानीय प्रशासनले मुसहर समुदायले आयोजना गर्ने जनसभा रोकिदिएको छ । मोरङको बुढीगंगा गाउँपालिका-३ बासवारीमा रहेको जनपि्रय माध्यमिक विद्यालयमा शनिवार आयोजना गर्ने तयारी भएको जनसभा रोकेको हो ।

आयोजक नेपाल नेपाल राष्ट्रिय मुसहर संघ जिल्ला समिति मोरङले सम्पूर्ण तयारी पूरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षाका लागि निवेदन लिएर पुगेका थिए । तर, प्रशासनले अन्य कुनै स्थानमा कार्यक्रम गर्न आग्रह गर्दै बासवारीका लागि तय भएको कार्यक्रममा रोकेको हो ।

प्रशासनले बासवारीमा कार्यक्रम रोकेपछि जेठ १३ गतेका लागि विराटनगर हाटखोलाको खाली मैदानमा जनसभा आयोजना गर्ने तयारी भएको संघका अध्यक्ष जितेन्द्र ऋषिदेवले जानकारी दिए । ‘कार्यक्रमको सबै तयारी पूरा गरेका थियौं,’ उनले भने, ‘अन्तिम समयमा सीडीओ कार्यालयले सुरक्षा दिन नसक्ने बताएपछि जेठ १३ गतेलाई सार्‍र्याै ।’

शनिवारको कार्यक्रमका लागि स्टेज बनाउनेदेखि अन्य तयारी भएको बताउँदै उनले प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि सारिएको जानकारी दिए । कार्यक्रममा रेणु यादवले सम्बोधन गर्ने तयारी भएको थियो ।

यता मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले विवादित स्थान बासवारीमा नभइ अन्य कुनै स्थानमा कार्यक्रम गर्न भनिएको बताए ।

बुढीगंगामा ऋषिदेव र थापामगर समुदायका छोराछोरीले भागी विवाह गरेपछि केही दिनअघि तनाब भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बासबारीमा कार्यक्रम गर्दा पहिले पनि विवाद भएकाले विवाद नहुने स्थानमा कार्यक्रम गर्न आग्रह गरिएको बताए ।

के हो विवाद

मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा सनी ऋषिदेवले सिर्जना थापामगरसँग भागी विवाह गरेपछि विवाद बढेको थियो । एक महिनाअघि सिर्जना र सनीले विवाह गरेपछि दुई समुदाय बीचको सम्बन्ध चिसिएको छ । उनीहरुले गत चैत १८ गते भागी विवाह गरेका थिए ।

विवाद बढ्दै गएपछि थापामगर परिवारले ऋषिदेव परिवारले सामुहिक रुपमा प्रयोग गर्दै आएको कल उखेलिदिएका थिए । विवादपछि असुरक्षाको कारण सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेवले घर छाडेका छन् ।

थापामगर परिवारले फ्यालेको कल स्थानीय प्रशासनले गाड्न निर्देशन दिएपछि कल गाडिएको छ । तर वातावरण अझै शान्त नभएका कारण रोकिएको हो ।

स्थानीय प्रशासनले पार्टीगत कार्यक्रम गरी महोल विर्गान खोजेको स्थानीय प्रशासनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?