३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा अर्को एउटा खेल पानीले विथोलेको छ । बिहीबार नटिङघममा हुनुपर्ने भारत र न्युजिल्याण्डको खेल पानीका कारण एक बल पनि नखेली रद्ध भयो । दुबै टिमले एक एक अंक बाँडेका छन् ।
यो विश्वकपमा पानीले बिथोलेको यो चौथो खेल हो । अब विश्वकपमा पानीले प्रभावित हुन बाँकी टिममा अफगानिस्तान, इंग्ल्याण्ड र अष्ट्रेलिया मात्र छन् ।