Comments Add Comment

अष्ट्रेलियाले श्रीलंकालाई ३३५ रनको लक्ष्य, फिन्च चम्किए

काठमाडौं । कप्तान एरोन फिन्चको उत्कृष्ट ब्याटिङसँगै अष्ट्रेलियाले विश्वकप क्रिकेटमा श्रीलंकालाई ३३५ रनको लक्ष्य दिएको छ ।

लण्डनमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३४ रन बनायो ।

उसका लागि कप्तान फिन्चले १५३ रन बनाए । पहिलो विकेटका लागि डेभिड वार्नरसँग ८० रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि स्टिभ स्मिथसँग १७३ रनको साझेदारी गरे ।

स्मिथले ७३ रन बनाए । आक्रमण ब्याटिङ गरेका ग्लेन म्याक्सबेलले २५ बलमा ४६ रन बनाए । तर, पछिल्ला क्रममा अरु ब्याट्सम्यानले त्यसअनुसार रन बनाएन सकेनन् । सन मार्स मात्र ३ रनमा आउट हुँदा एलेक्सी केरी ४ र पेट कुमिन्स शुन्य रनमै रन आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment