+
+

सुत्केरीलाई हेलिकोप्टरबाट उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १८:१७

१८ असार, काठमाडौं । सुत्केरी भएपछि सिकिस्त विरामी परेकी कोपिला विकलाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा लगिएको छ ।

ढोरपाटन–९ कि उनलाई बुर्तिवाङ प्राथामिक स्वास्थ्य केन्द्रबाट बुधबार गण्डकी अस्पतालमा लगिएको हो । शल्यक्रियापछि पनि आमा र बच्चा दुवैको अवस्था खतरामुक्त नभएपछि तत्काल हेलिकोप्टर ल्याई उद्दार गरिएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए ।

हेलिकोप्टरको खर्च गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको नेपालीले जानकारी दिए ।

सुत्केरी भएको लामो समयसम्म कोपिलाको रक्तश्राब नरोकिएको र बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि उद्दार गरिएको हो । अहिले बच्चालाई भेन्टिलेटरमा राखेर उपचार गराएको अस्पतालले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?