Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेशनल एकेडेमीबीच सम्झौता

२५ असार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा  श्रावण १ गते बाट लाग ुहुने गरि १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय,नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमीका प्रबन्ध संचालक डा. सुरेश कुमार कानोडियाले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment