+
+

सिके राउत जसरी आए विप्लवसँग पनि वार्ता हुन्छ : सरकारका प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते १६:४०

२ साउन, काठमाडौं । सरकारले नेकपा शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र विप्लव समूहसँग वार्ता हुने बताएको छ ।

मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले विप्लव समूहले वार्ता नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘वार्ताका लागि सरकार सदवै तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुुँदैन ।’

पछिल्लो पटक सत्तारुढ नेकपाकै महासचिव विष्णु पौडेलले जेलमा पुगेका विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेटेका थिए भने अनौपचारिक सम्वादहरु भइरहेको सत्तारुढ दलका नेताहरुले पनि स्वीकार गरेका छन् ।

तर बास्कोटाले भने हापुरेको पुनरावृत्ति हुन नसक्ने बताए । उनले भने, ‘मान्छे पहिला छोड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने, त्यसपछि उहाँहरु वार्तामा आउनु भएन भने ?’

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए वार्ता गर्ने मन्त्री बास्कोटाले प्रष्ट पारे । ‘सिके राउतको झैं शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आउनुहुन्छ भने जुनसुकै बेला कुरा गर्न तयार छौं’ उनले भने ।

‘हिंसा छोडियो, संविधान मानियो, प्रतिपर्धामा आइयो’ भनेपछि सबै मिल्ने भन्दै उनले अघि भने, पहिलो केही विगारेको भए पनि भइयो नि त भन्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?