+
+

निर्माणाधीन मन्दिरको छत खसेर पाँचथरमा २ मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते ११:३५

६ साउन, विराटनगर। पाँचथरको हिलिहाङ गाँउपालिकामा निर्माणाधीन  मन्दिरको छत खस्दा दुई मजदुरको ज्यान गएको छ ।

यलम्बर पार्कभित्र निर्माण भइरहेको मन्दिरको छतको सटिङ खोल्ने क्रममा छत झर्दा सोही स्थानका ५० वर्षीय जगत राई र ५१ वर्षीय रूद्र राईको  सोमबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, दुवै जना पार्क निर्माण कार्यमा संलग्न मजदुर हुन् ।

मृतकको शव शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

पार्क हिलिहाङ गाउँपालिकाले बनाउन लागेको हो । यसको निर्माण कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?