Comments Add Comment

ओली-प्रचण्ड छलफलपछि नेकपा सचिवालय बैठक फेरि सर्‍यो

Photo Credit : अनलाइनखबर फाइल

१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि बैठक स्थगित भएको हो ।

आइतवार अपरान्ह ३ बजेलाई तोकिएको बैठक सोमवारका लागि सारिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन जारी रहेका बेला स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद निस्केपछि सचिवालय बैठक पटकपटक स्थगित भइरहेको छ । स्कूल विभाग प्रमुख ईश्वर पोखरेललाई स्वीकार नगर्ने पूर्वमाओवादी पक्षको अडानका कारण सहमति हुनसकेको छैन ।

पूर्वमाओवादी पक्षले नारायणकाजी श्रेष्ठलाई स्कूल विभाग प्रमुखमा प्रस्ताव गरेको छ । यसबीचमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केही चरण पूर्वएमालेका सचिवालय सदस्यहरुसँग छलफल गरेका थिए । दुवै अध्यक्षबीच शनिवार र आइतवार पनि स्कूल विभागको विवाद टुंगो लगाउन छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment