Comments Add Comment

‘नेपाल फिल्म अवार्ड’ हुँदै, अहिलेसम्मकै भव्य बनाइने आयोजकको दाबी

बलामी इन्टरटेन्मेन्टले अवार्ड घोषणा गरेको छ । ‘नेपाल फिल्म अवार्ड–२०७६’ नाम दिइएर आयोजना हुने अवार्डलाई देशकै सवैभन्दा भव्य अवार्ड भनिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको टिम र तयारीको बारेमा जानकारी दिइयो । बलामी इन्टरटेन्मेन्ट अन्र्तगतको नेफा मिडिया ग्रुप पले यो अवार्डको मोडल तयार पारेको छ । जसमा २१ जना रंग पत्रकार सहभागी छन् ।

यो अवार्डमा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाण्डौ महानगरपालिकाले सहकार्य गरेका छन् । अवार्डमा पपुलरतर्फ ५ र निर्णायक छनोटको आधारमा १४ विधा समावेश गरिएको छ । यस्तै, एक जना चलचित्रकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । पपुलरतर्फको अवार्ड भने दर्शक भोटिङका आधारमा तय गरिनेछ ।

भदौको पहिलो साता नोमिनेशन सार्वजनिक गरेर दशैपछि अवार्ड आयोजना गर्ने तयारी आयोजकको छ । अवार्डमा प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने आयोजकले बताएको छ ।

पपुलर विधा अन्र्तगत चलचित्र, नायक, नायिका, गायक र गायिका छन् । यस्तै, उत्कृष्ट अवार्डतर्फ भने चलचित्र, निर्देशक, नायक, नायिका, नव–निर्देशक, नव–नायक, नव–नायिका, सहायक भूमिका, सम्पादक, ध्वनी मिश्रण, पटकथाकार, छायांकार, संगीतकार र आदिवासी जनजाती विधा समावेश गरिएको छ ।

आयोजकले हरेक ट्रफीमा २५ देखि ५० तोलाको चाँदी समावेश गर्ने बताएको छ । यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्डको ट्रफीमा १ तोला सुन हुने बताइएको छ । साथमा, १ लाख ११ हजार १ सय ११ रुपैयाँ पनि प्रदान गरिनेछ । अवार्डको पहिलो संकरणको निर्णायक समितीमा निर्माता तथा निर्देशक आकाश अधिकारी, संचारकर्मी फुलमान बल, छायांकार बिष्णु कल्पित, कलाकार सरिता लामिछाने र कलाकार अनुप बराल छन् । अवार्डका लागि १० हजार भन्दा बढी दर्शक सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment