+
+
Shares

माछापोखरीमा डुबेर झापामा एक बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते ८:५०

२६ साउन, झापा । माछापोखरीमा डुबेर झापामा एक बालकको ज्यान गएको छ ।

भद्रपुर–१० का १२ वर्षीय सुमन जोगीको शनिबार माछापोखरीमा डुबेर मृत्यु भएको हो ।

सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

उनको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?