Comments Add Comment

सांसद यादवले फिर्ता लिए राजीनामा

१ भदौ, काठमाडौं । सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् । उनले आइतबार राजीनामा फिर्ता लिएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरबरियाले जानकारी दिए ।

सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए । तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो ।

पार्टी संसदीय दलमा राजीनामा दिनुपर्नेमा संसद सचिवालयमा बुझाएकाले स्वीकृत हुने अवस्था नरहेको र पार्टीको आग्रहमा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक अरबरियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment