+
+

चितवनको खैरहनी नगरपालिकालाई प्रदेश ३ सरकारले दियो दमकल

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १९:५४

४, भदौ, चितवन । प्रदेश-३ सरकारले पूर्वी चितवनको खैरहनी नगरपालिकालाई दमकल उपलब्ध गराएको छ ।

प्रदेश सरकारले बुधबार उपलब्ध गराएको ४ हजार लिटर क्षमताको दमकल खैरहनी नगरपालिकामा राखिएको मेयर लालमणी चौधरीले वताए । योसंगै पूर्वी चितवनको ४ ओटा नगरपालिकाका लागि २ ओटा दमकल भएको छ ।

केही महिनाअघि मात्रै खैरहनी, रत्ननगर, कालिका र राप्ती नगरपालिकाले संयुक्त रुपमा एउटा दमकल खरिद गरेको थियो । उक्त दमकलले पनि खैरहनी नगरपालिकाबाटै सेवा दिँदै आइरहेको छ ।

संयुक्त रुपमा सञ्चालित दमकल र खैरहनीको नाममा आएको दमकल तत्काललाई खैरहनीमा राखिने मेयर चौधरीले वताए । दमकल राखिएको खैरहनी नगरपालिकाबाट चारै ओटा नगरपालिकालाई पायक पर्ने भएकाले दुवै दमकललाई साझेदारीमा सञ्चालन गर्न सकिने उनले बताए ।

प्रदेश सरकारबाट प्राप्त दमकललाई संयुक्त रुपमा सञ्चालन गर्नेबारे केही दिनमा नै छलफल राखिने खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।

दमकलको संख्या २ पुगेसँगै पूर्वी चितवनमा आगलागीबाट हुने क्षतिको न्यूनिकरण हुने विश्वास लिइएको अध्यक्ष चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?