+
+

अवैध सालको गोलियासहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १९:२२

८ भदौ, गोरखा । अवैध सालको गोलिया ओसारपसारमा संलग्न रहेको अभियोगमा गोर्खाको हर्मी भन्ज्याङबाट प्रहरीले ४ जनालाई आइतबार  नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका- १ का सुन्दर लामा, मती घले, अर्पित गुरुङ र वडा-१० का अमित लामा रहेका छन् ।
ट्याक्टरमा काठ ओसारपसार गर्दै गर्दा सिरानचोक गाउँपालिका-३ को हर्मी भन्ज्याङबाट उनीहरुलाइ नियन्त्रणमा लिइएको डीएसपी महेन्द्र नेपालले जानकारी दिए ।

काठ बोक्ने ग.१त. ३७२६ नम्वरको ट्याक्टर र ना १९ प ६२०९ नम्वरको मोटरसाइकललाई पनि बरामद गरेको उनले बताए ।

पक्राउ परेका चारै जना र बरामद गरिएको ४९ क्यू फिट काठबारे आवश्यक अनुसन्धान भइरहेको वन अधिकृत तोयनाथ पौड्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?