+
+

कांग्रेस सांसदको चेतावनी–हिन्दू राज्यको लागि आन्दोलन गर्नुपर्ने भयो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १४:०९

२२ भदौ,काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कँडेलले गौहत्या नगरोकिने हो भने संसद र सडकबाट सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद कँडेलले सनातन हिन्दू राज्यको पक्ष र विपक्षमा जनमत संग्रहको माग लिएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए । उनले नियतवश गौहत्या बढेको बताए ।

कँडेलले गौहत्यामा सजाय कम रहेको भन्दै गैंडा, बाघ जस्ता जनावरको हत्या गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म सजाय तोकिएकोमा गौहत्यामा विभेद कायम रहेको बताए । कँडेलले देशका सबै हिन्दू र ओमकार परिवारले हिन्दू राज्य र संविधान परिवर्तनका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?