साउथका स्टार धनुष र बलिउडकी चर्चित नायिका साराअली खान अब एकसाथ पर्दामा देखिने भएका छन् । सारा र धनुषको जोडीलाई निर्देशक आनन्द एल रायले पर्दामा ल्याउन लागेका हुन् । भारतीय मिडियाका अनुसार, आनन्दको हिट चलचित्र ‘राँझणा’को दोश्रो सिरिज बन्दैछ ।
नायिका सोनम कपुर र नायक धनुषको जोडीलाई लिएर तयार भएको चलचित्र ‘राँझणा’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । यो चलचित्रमा उनले धनुष र साराको जोडीलाई फाइनल गरेका हुन् । यो चलचित्रको छायांकन यो बर्षको अन्त्यमा वा आउँदो बर्षको जनवरीबाट सुरु हुनेछ ।
बलिउडमा नायिका साराअली खानको माग बढ्दो छ । उनलाई र नायक ऋतिक रोशनलाई लिएर निर्माता करण जोहरले चलचित्र बनाउन चाहेका थिए । तर, यो काम सफल हुन सकेन । सारा अहिले चलचित्र ‘कुल्ली नम्बर १’को छायांकनमा व्यस्त छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4