Comments Add Comment

पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने जापानी राजदूतको प्रतिवद्धता

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । भेटवार्तामा राजदूत साइगोले इन्द्रजात्राका अवसरमा विदेशी जनप्रतिनिधिलाई आमन्त्रण गरेर काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको महत्वलाई विश्वसामू चिनाएको भन्दै खुशी व्यक्त गरे ।

‘काठमाडौंका सांस्कृतिक मूर्त–अमुर्त सम्पदाबाट म प्रभावित भएको छु,’ साइगोले भने, ‘महानगरपालिकाको निम्तो स्वीकार गर्दै इन्द्रजात्राको अवलोकन गर्न हाम्रो देशको मात्सुमोतो नगरबाट पनि प्रतिनिधि मण्डल आउनु भएको थियो । उहाँहरु खुशी भएर फर्किनुभयो ।’

इन्द्रजात्राकै प्रसङ्ग उल्लेख गर्दै उनले कुमारी रथ यात्रा गर्दा रथबाट मिल्काएको फूल आफूले पनि प्राप्त गर्ने अवसर पाएको र त्यो फूल अलि ओइलाएको भए पनि त्यसलाई जोगाएर राखेको बताए । ‘हामी नेपालको संम्पदा, संस्कृति र परम्पराको संरक्षणका लागि सहयोग आदन–प्रदान गरी हाम्रो सदियौँदेखिको सम्वन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौँ,’ उनले भने, ‘यहाँका सम्पदा पुर्न्निर्माणमा पनि आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’

भेटमा मेयर शाक्यले आफू निर्वा्चित भएर आएदेखि नै संम्पदा, संस्कृति र परम्पराको संरक्षणका सक्दो पहल गरिरहेको भन्दै सम्पदा पुर्न्निर्माण गर्दा परम्परालाई जोगाउँदै भूकम्प प्रतिरोधी ढंगले गरिरहेको पनि जानकारी दिए ।

‘दुई देशबीचको सम्वन्धलाई अझ प्रगाढ बनाउँदै सहयोग आदन–प्रदान गर्न चाहन्छौँ,’ मेयर शाक्यले भने, ‘इन्द्रजात्रा अवलोकनका लागि जापानबाट प्रतिनिधि आउँदा खुशी भएका छौँ । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि जापानी जनतालाई सन्देश दिन उहाँहरुलाई तपाईँको तर्फबाट पनि पहल होस् भन्ने हामीले चाहेका छौँ ।’

मेयर शाक्य त्यस्तो प्रस्तावपछि राजदूत साइगोले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘अहिलेसम्म नेपालमा टे«किङ र बौद्ध धर्मसँग जोडिएका मानिसहरु मात्र आउने गरेका छन्,’ साइगोले भने, ‘नेपालमा हिमाल, पहाड र बौद्ध धर्मसँग सम्वन्धित कुरा मात्र छैनन् । सम्पदा, संस्कृति, परम्परा र लोभलाग्दा प्राकृतिक सौदर्यको अवलोकनका लागि पनि नेपाल जानै पर्छ भनेर हामी जापानी जनताका बीचमा नेपाल भ्रमण वर्ष २०२० का लागि सक्दो प्रवद्र्धन गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment