Comments Add Comment

बालिकाको बलात्कार गरी हत्या गर्नेलाई जन्मकैद

१ असोज, जनकपुरधाम । एक बर्षअघि १० बर्षीया बालिकाको बलात्कार गरी हत्या गर्ने दुई जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतले औरही गाउँपालिका २ परबाहाका ३३ बर्षीय नथुनी पण्डित र ३१ बर्षीय विनोद मुखियालाई जन्मकैदको फैसला सुनाएको हो । पण्डित र मुखियाले २६ असोज २०७५ मा स्थानीय १० बर्षीय बालिकाको बलात्कार गरी हत्या गरेका थिए ।

अदालतका न्यायाधीश राजेश कटुवालको इजलाशले बालिकालाई बलात्कार गरी हत्या गरेको ठहर गर्दै दुबै जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

दशैंको अवसरमा लागेको मेला गएकी बालिकालाई १० रुपपैयाँको प्रलोभन देखाउँदै नजिकैको धान खेतमा लगी पण्डित र मुखियाले बलात्कार गरी हत्या गरेका थिए । हत्या गरिएकी बालिकाको मृत शरीर धान खेतमै फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment