Comments Add Comment

संविधान दिवसमा वीरगञ्ज कारागारका १२ जना कैदी बन्दी छुटे

३ असोज, वीरगञ्ज । संविधान दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १२ जना कैदी छुटेका छन् । विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका १ जना महिलासहित १२ जना कैदीलाई रिहा गरिएको हो ।

पर्सा, बारा, रौतहट, रुपन्देही र अर्घाखाँचीका १२ जना कैदीलाई संविधान दिवसको अवसरमा रिहा गरिएको वीरगञ्ज कारागार कार्यालयले जनाएको छ । कर्तव्य ज्यान र सवारी ज्यान मुद्धाका ४÷४ जना, ज्यान मार्ने उद्योग मुद्धाका २ जना, कुटपीट अंगभंग मुद्धा र गर्भपतन मुद्धाका १÷१ जना गरी १२ जना रिहा भएका हुन् ।

५० प्रतिशत कैद भुक्तान गरेकाको बाँकी कैद संवैधानिक व्यवस्था अनुसार सरकारले माफी मिनाहा गरेकोले रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए ।  संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले सरकारमार्फत कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment