Comments Add Comment

काठमाडौं आइपुग्यो भीभीआईपीले चढ्ने हेलिकप्टर

Photo Credit : सांकेतिक तस्वीर

२ असोज, काठमाडौं । सरकारले अतिविशिष्ट र विशिष्ट पदमा रहेका व्यक्तिको सवारीमा मात्र प्रयोग गर्ने गरी हेलिकप्टर खरिद गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको हो ।

नेपाली सेनामार्फत खरिद गरिएको यो हेलिकप्टरको उडान तथा सञ्चालनसमेत सेनाबाटै हुने प्राधिकरणको भनाइ छ । ‘हेलिकप्टर नेपाल आएको छ,’ प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने, ‘अब प्राधिकरणमा औपचारिक रुपमा दर्ता हुन्छ ।’

सरकारले करीव डेढ अर्ब रुपैयाँ लागतमा यो हेलिकप्टर किनेको हो । सैन्य लोगोमा नहुने भएकाले यसको नियमन तथा दर्ता प्राधिकरणबाट हुन लागेको हो । सामान्यतया सेनाका हेलिकप्टर तथा जहाजको नियमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment