Comments Add Comment

पाकिस्तानी भूमिमा दनुश्काको शतक !

Photo Credit : आईसीसी

१५ असोज, काठमाडौं । पाकिस्तानविरुद्ध तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा श्रीलंकाका दनुश्का गुनाथिलकाले शतक बनाएका छन् ।

सन् २००९ पाकिस्तानविरुद्ध लाहोरमा टेष्ट सिरिज खेल्न जादै गरेका श्रीलंकन खेलाडी चडेको बसमा आतंककारी हमला हुदा श्रीलंकाका खेलाडी घाइते नै हुन पुगे । त्यो हमलामा श्रीलंकाली क्रिकेटरलाई सुरक्षा दिएका ६ पाकिस्तानी पुलिस र दुई सर्वसाधारणको मृत्यु भएको थियो ।

त्यसपछि पाकिस्तानमा कुनै अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले रोक लगायो । लामो समयसम्मको प्रतिबन्ध पछि पाकिस्तानले अन्य देशलाई सुरक्षाको प्रत्याभूति दिलाउन सके खेल खेलाउन सक्ने आईसीसीको निर्णय थियो ।

पाकिस्तानले श्रीलंकासँगको सिरिज कराँचीस्थित राष्ट्रिय रंगशालामा गर्ने निर्णय गर्‍यो । तर श्रीलंकाका अनुभवि खेलाडीहरुले खेल्न नजाने दाबी गरे । तर पाकिस्तानको सुरक्षाको प्रत्याभूति दिलाएपछि श्रीलंकाली टिम पाकिस्तानी भूमिमा पुग्यो र आज तेस्रो एक दिवसीय खेल खेल्दैछ ।

पहिलो खेल वर्षाको कारण रद्द भएको थियो भने दोस्रो खेलमा ६७ रनले पराजित भएको श्रीलंकाले तेस्रो खेलमा भने टस जितेर ब्याटिङ रोजेको हो ।

डरै डरमा कराँची पुगेको श्रीलंकाका लागि दनुश्का गुनाथिलकाले उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानी भूमिमा शतक बनाएका छन् । त्यसो त उनको यो एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो ।

उनले १०० बलमा शतक बनाएका हुन् । यो क्रममा उनले १२ चौका र एक छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment