Comments Add Comment

महिला च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

१५ असोज, काठमाडौं । महिला च्याम्पियन्स लिग क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले बुधबार महिला च्याम्पियन्स लिग क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।

असोज २९ देखि कात्तिक सात गतेसम्म टियु क्रिकेट मैदानमा हुने महिला च्याम्पियन्स लिग क्रिकेटको उद्घाटन खेलमा क्याट क्वीन्स काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, असोज ३० गते भने प्रतियोगितामा दुई खेल हुनेछ । पहिलो खेलमा काठमाडौंले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा ललितपुर फाल्कोन्सले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ । लिगको दास्रो स्थानमा हुने र तेस्रो स्थानमा हुने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्नेछ । इलिमिनेटर खेल कात्तिक पाँच गते हुनेछ । त्यस्तै, फाइनल खेल भने कात्तिक सातमा हुनेछ ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिम रहेका छन् । काठमाडौंको मार्की खेलाडीमा रुविना क्षेत्री, ललितपुरमा नेरी थापा, पोखरामा सीता रानामगर, चितवनान इन्दु बर्मा र विराटनगरमा सरिता मगर मार्की खेलाडीको रुपमा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment