+
+

अदालतमा आलमको बयान रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १५:३०

१९ कात्तिक, काठमाडौं । सांसद मोहम्मद अफताब आलमको रौतहट जिल्ला अदालतमा भइरहेको बयान रोकिएको छ । आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि बयान रोकिएको हो ।

आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?