+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
५० बलमा ४ रन आवश्यक
विराटनगर किंग्स 2025
144/4 (11.4)
Shares

अर्थमन्त्रीले भने : निर्यात प्रवर्द्धन मेरो प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २६ गते १८:१४

२६ कात्तिक, काठमाडौं । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको प्रगतिलाई कायम राख्दै थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर परिसंघको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएको हो ।

निर्यात प्रर्वद्धन र उद्योग व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानका विषयमा अर्थमन्त्रीसित परिसंघले छलफल गरेको थियो । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा भइरहका प्रयासको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताए ।

अध्यक्ष मोरले उत्पादन मूल्य कम गरी उद्योगहरुलाई थप प्रतिस्पर्धी बनाउन र आवश्यक नीतिगत सुधारका लागि पहल लिनसमेत अर्थमन्त्री खतिवडासँग आग्रह गरे । छलफलमा अर्थमन्त्री खतिवडाले निर्यात प्रर्वद्धन तथा व्यापार घाटा कम गर्ने आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए ।

‘निर्यात प्रवर्द्धन मेरो प्राथमिकतामा छ, तपाईहरु ढुक्क हुनुस्’ अर्थमन्त्रीको भनाई उद्धृत गर्दै एक उद्योगीले भने, ‘तपाईहरुको सहयोग भए व्यापार  घाटा कम गर्न सहज हुन्छ ।’

व्यवसायमैत्री वातावरण बनाउने कुरामा आफ्नो ध्यान गएको भन्दै परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थमन्त्रीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?