+
+
Shares

संसद्प्रति उत्तरदायी बन्न सरकारलाई एमालेको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सरकारलाई जनमतको सम्मान गर्दै संसद्प्रति उत्तरदायी बन्न आग्रह गरे ।
  • प्रतिनिधि सभा नियमावली र संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले संसद्मा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिनुपर्ने उनले बताए ।
  • मुलुकमा व्याप्त महँगी, बेरोजगारी र युवा पलायनजस्ता गम्भीर समस्या समाधानमा सरकार चुकेको आरोप उनले लगाए ।

१३ जेठ, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् ।

बुधबार संसद भवन परिसरमा बोल्दै विपक्षी बेन्चबाट रचनात्मक र सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै उनले सरकारका कामकारबाही संविधान र नियमावलीसम्मत हुनुपर्नेमा जोड दिए ।

प्रमुख सचेतक महरले एमाले सधैँ विरोधका लागि विरोध गर्ने परम्पराको पक्षमा नरहेको उल्लेख गर्दै सरकारले जनहित र संविधान कार्यान्वयनमा गर्ने सकारात्मक कार्यलाई समर्थन गर्ने बताए ।

यद्यपि, सरकारले संविधानभन्दा माथि रहने कोशिस गरेमा वा स्वेच्छाचारी र तानाशाही प्रवृत्ति देखाएमा सशक्त आलोचना गर्ने उनको भनाइ छ । प्रतिनिधि सभा नियमावली र संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री नियमित रूपमा संसद्मा उपस्थित भई सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने महरले बताए ।

सत्तापक्षका मुख्य सचेतकले गरेको प्रतिवद्धताअनुसार प्रधानमन्त्री संसद्मा आउने विश्वासमा आफूहरूले सदनको कामकारबाही अघि बढाउन सहयोग गरेको उनले स्पष्ट पारे ।

‘सदन तीन करोड नेपालीको आवाज प्रतिनिधित्व गर्ने सर्वोच्च थलो हो । प्रधानमन्त्रीले सदनमार्फत जनतालाई आफ्ना कामकारबाहीबारे जानकारी दिनुपर्छ । जनताका समस्या ज्यूँका त्यूँ छन्, तर सरकार प्रचारमुखी काममा मात्र केन्द्रित देखिएको छ । विद्युत्, टेलिकम, शिक्षा र सुकुमवासीका समस्या समाधानका लागि सरकारले ठोस योजना ल्याउन सकेको छैन,’ उनले भने ।

प्रमुख सचेतक महरले मुलुकमा व्याप्त महँगी, बेरोजगारी र युवा पलायनजस्ता गम्भीर समस्या समाधानमा सरकार चुकेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?