+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एटीएम ह्याकबारे सिंगापुरको टोलीले बनायो प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २६ गते १९:३५

२६ कात्तिक, काठमाडौं । एटिएम ह्याक गरी चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ चोरी गरिएको प्रकरणमाथि सिंगापुरको विज्ञ टोलीले अध्ययन प्रतिवेदन तयार गरेको छ । सिंगापुरबाट आएको टोलीले नेपाल आएर ४ दिन स्थलगत अध्ययन गरेको थियो ।

तीन महिनामा रिपोर्ट बुझाउने भन्दै स्वदेश फर्किएको टोलिले अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिएको राष्ट्र बैंक स्रोतले बतायो ।

‘अध्ययन प्रतिवेदन तयार भयो भन्ने सन्देश प्राप्त भएको छ’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘सम्भवत अर्को सातासम्म प्रतिवेदन नेपाल आउँछ होला ।’

नेपालका १८ वटा बैंकहरुले एटीएमका लागि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड(नेप्स) को स्वीच प्रयोग गरिरहेका छन् । ती बैंकहरुको एटीएममा समेत आक्रमण भएपछि सिंगापुरबाट नेप्सकै सक्रियतामा टोली झिकाइएको थियो ।

नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण क्षेत्रीले सिंगापुरको टोलीले प्रतिवेदन चाँडै पठाउने जानकारी दिए । यही महिना (नोभेम्बर) भित्रै प्रतिवेदन आउने सम्भावना रहेको भए पनि यसै दिन आउँछ भन्न नसकिने उनले बताए ।

सिंगापुरबाट आएको ४ सदस्यीय टोली ४ दिन नेपाल बसेर भदौ २३ गते स्वदेश फिर्ता भएको थियो । ह्याकिङ प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरु पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

एटीएम सिस्टम ह्याक गरी चिनियाँ ह्याकरहरुले नेपाली बैंकको साढे ३ करोड रुपैयाँ भन्दा बढी रकम निकालेका थिए । चिनियाँ ह्याकरले भारतबाट १ करोड ७० लाख रुपैयाँ निकालेको अध्ययनले देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?