+
+

लागूऔषध गाँजासहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १३:४५

२८ कात्तिक, वीरगञ्ज । पर्साबाट प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पर्साको पटेर्वा सुगौली–४ का २५ बर्षीय शिवजन्म माझी गाँजासहित पक्राउ परेका हुन् ।

बुधबार राति १० बजेतिर पटेर्वासुगौली गाँउपालिका–२ स्थित रंगपुर चोकबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरको टोलीले चेकजाँच गर्ने क्रममा माझीको साथबाट १० किलो गाँजा बरामद गरेको थियो ।

नियमित चेकजाँचको क्रममा माझीको झोलाबाट गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले बताए । ‘चेकिङको क्रममा थियौं, कालो झोला पछाडि भिरेर एक युवक आउँदै थिए ।’ उनले भने, ‘खोलेर हेरेको बोरामा केही समान पोको पारेर राखिएको रहेछ, खोलेर हेर्दा गाँजा भेटियो ।’

कहाँबाट, कति रुपैयाँमा किनेर ल्याएको र कता बिक्रीका लागि लैजान लागेको भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

माझीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?