Comments Add Comment

घुससहित जहदा गाउँपालिका १ का कार्यवाहक वडाध्यक्ष पक्राउ

३ मंसिर, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई २१ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

२ लाख रुपैयाँको सडक स्तरोन्नतीको योजना सम्झौताका लागि ठेकेदारसँग २१ हजार घुस लिएको आरोपमा कार्यवाहक वडाध्यक्ष साहलाई मंगलबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

२ लाख रुपैयाँको सडक स्तरोन्नतीको योजना सम्झौताका लागि ठेकेदारसँग घुस मागेको सूचनाको आधारमा कार्यवाहक वडा अध्यक्ष साहलाई २१ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको आयोगका इटहरी प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

वडाध्यक्षमाथि हत्याको आरोप लागेपछि साह कार्यवाहक वडाध्यक्ष

विराटनगर–१४ का समानन्द यादवको हत्या गरेको आरोप लागेपछि जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीप यादव फरार छन् । वडा अध्यक्ष यादवले उमेशकुमार साहलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएर फरार भएका थिए । त्यस यता साहले वडाध्यक्षको रुपमा काम गर्दै आइरहेका छन् ।

विवाहको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय समानन्द यादव माथि गत जेठ ३२ गते निर्घात कुटपिट भएको थियो । उपचारको क्रममा उनको असार २७ गते मृत्य भएको थियो ।

यादव हत्या प्रकरणमा विराटनगर महानगरपालिका १४ नम्बर वडा अध्यक्ष बलदेव यादव, उनका छोरा रविन, विराटनगर– १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीप यादव, विन्देश्वर यादव, सम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादवलाई प्रतिवादी बनाएर प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

समाजवादी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित भएका वडा अध्यक्षसहित अन्य व्यक्ति फरार छन् । हत्या आरेपमा पक्राउ परेका दिपेश यादव भने जिल्ला अदालत मोरङको आदेशपछि पूर्पक्षकालागि थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment