+
+
Shares

पक्राउ परे पत्रकार भण्डारी, एक घन्टाका लागि कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते १६:२४

३ मंसिर, काठमाडौं । कञ्नपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । अदालतको अवहेलनाको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त मुद्दाको विषयमा अदालतलाई प्रभावित पार्ने गरी समाचार लेखेको भन्दै उनीविरुद्ध नेपाल बार एशोसिएशन कञ्चनपुरले अवहेलना मुद्दा हालेको थियो । त्यसमा सुनुवाई गर्दै जिल्ला अदालतले ३० असारमा भण्डारीलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

उनलाई मंगलबार पक्राउ गरेर जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले एक रुपैयाँ जरिवानासमेत तिरेका छन् ।

पत्रकार भण्डारीले भने आफूलाई पुनरावेदनको मौका पनि नदिएको फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?