+
+

धरानमा कांग्रेसलाई झण्डै ५ सय मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १८:३६

१५ मंसिर, धरान । धरान उपमहानगरपालिकाको उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार कांग्रेसका तिलक राईले १० हजार ९ सय ९४ र नेकपाका प्रकाश राईले १० हजार ५ सय १७ मत पाएका छन् ।

वडा नं १४, १५, १६, १७, १८, १९ र २० को गणना सकिँदा कांग्रेसको मतान्तर ४ सय ७७ पुगेको छ । यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन एमालेका तारा सुब्बा निर्वाचित भएका थिए ।

उपनिर्वाचनमा ५५ हजार ११ मत खसेकामा २३ हजार ४ सय ९ मतमात्रै गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?