
Photo Credit : अनलाइनखबर फाइल।
१८ मंसिर, काठमाडौं । बुद्ध एयरले क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर-पोखरा सिधा उडानको तयारी गरेको छ ।
कम्पनीका अनुसार आगामी ३ फेब्रुअरी २०२० बाट यस रुटमा सिधा उडान हुने भएको हो । अब विराटनगरका यात्रु पोखरा जान काठमाडौं आइरहने झण्झट हट्ने भएको छ । पोखराका यात्रु पनि काठमाडौं नआइ सिधै विराटनगर जान सक्ने भएका छन् ।
बुद्धले यसअघि भैरहवा-पोखरा र पोखरा भरतपुरमा उडान बिस्तार गरिसकेको छ । बुद्ध एयरका अनुसार यस रुटमा साताको तीन उडान हुने भएको छ ।
सोमबार, बुधबार र शुक्रबारका लागि यस रुटमा उडान राखिएको छ । पोखराबाट पौने १२ बजे उड्ने जहाज विराटनगरबाट १ : २० मा पोखराका लागि उड्न गरी समय निर्धारण गरिएको छ ।
भ्रमण वर्षको प्रारम्भमै हुने क्षेत्रीय उडानले आम यात्रुसँगै पर्यटकलाई समेत सुविधा पुग्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4