Comments Add Comment

सांसदको गुनासो : काठमाडौंमा ट्याक्सीबाट ठगिएँ

१६ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नन्दा चपाईंले आफू काठमाडौंमा ट्याक्सीबाट ठगिएको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले आफू पुस ७ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् ।

त्यतिबेला ४ वटा ट्याक्सीसँग कुरा गर्दा मिटरमा नजाने र मिटरमा जाँदा डेढ सय रुपैयाँ थपेर दिनुपर्ने बताएका र आफू बाध्यतावश जानुपरेको बताएकी हुन् ।

‘म जस्तो आवश्यकता र बाध्यता पर्ने धेरै हुनुहुन्छ । ट्याक्सी चालकको मनोमानी रोक्न कडा र प्रभावकारी कानूनको व्यवस्था हुन अत्यन्तै आवश्यक छ’ उनले भनिन् ‘हालको भाडादर कमी हो भने यसमा सरकारको ध्यान जानुपर्छ । श्रमिकले ज्याला पाउनैपर्छ ।’

काठमाडौंमा सवारी साधनमा सर्वसाधारणले झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता भए पनि सरकारले व्यवस्थापन गर्न नसकेको सांसद चपाईंले बताइन् । ‘झ्यालमा ५÷६ जना झुण्डिदा ट्राफिकहरु पनि हेरिरहेका छन्’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment