Comments Add Comment

पृथ्वी जयन्तीमा राप्रपाले तीन दिन कार्यक्रम गर्ने

१८ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन दिनसम्म कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुक्रबार बसेको तयारी बैठकले २६, २७, २८ गते देशैभर विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने निर्णय गरेको हो ।

जसअनुसार २७ गते चियापान गर्नेछ । चियापानका लागि राप्रपाले १० हजारलाई निमन्त्रणा गर्ने राप्रपाले जनाएको छ ।

बैठकले २७ गते राष्ट्रिय एकता दिवस मनाउन, सार्वजनिक विदा दिन र नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्नसमेत सरकारसँग माग गरिएको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै २८ गते सम्पूर्ण भातृ संगठनको संयुक्त आयोजनामा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्न प्रवचन गोष्ठी आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment