+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोरखा दरबार पुनर्निर्माण गर्ने ठेकेदारसँग १५ दिने स्पष्टीकरण माग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते १३:११

१० माघ, गोरखा । गोरखा दरबार पुनर्निर्माणको काममा सम्झौताअनुसारको प्रगति हुन नसकेपछि निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै पुरातत्व बिभागले १५ दिनभित्र ठेकेदार स्वंय उपस्थित भइ लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

भूकम्पले क्षति पुगेको गोरखा दरवार पुननिर्माणका लागी श्री पचली भैरव÷शिव जेभीसँग २०७४ कात्तिक महिनामा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७६ साल कात्तिक मसान्तभित्र काम सक्नुपर्ने हो ।

तोकिएको समयमा काम सम्पन्न नभएपछि गत पुष ४ गते बिभागले ६ महिना म्याद थप गर्‍यो । विभागले थप गरेको म्यादअनुसार २०७७ साल जेठ मसान्तभित्र काम सक्नुपर्ने छ । म्याद थप भए पनि हालसम्म काममा प्रगति नभएपछि स्पष्टीकरण माग गरिएको पुरातत्व विभागकी पुरातत्व अधिकृत मञ्जु सिं भण्डारीले बताइन् ।

‘म्याद थप भएको एक महिनासम्म पनि कामको प्रगति देखिएन,’ उनले भनिन्, ‘थपिएको समयभित्र कसरी काम सकिन्छ भन्ने कार्यतालिका सहित यही माघ ६ गतेभित्र उपस्थित हुन भनेर ठेकेदारलाइ पत्राचारसमेत गरेका थियौ, तर अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन ।’

सम्पर्कमा नआएपछि स्पष्टीकरण माग गरिएको उनले बताइन् । विभागसँग भएको सम्झौताका शर्त अनुसार काम अगाडि नबढाइएको र पटक पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दा समेत साइडमा कुनै काममा प्रगति नभएको विभागले जनाएको छ ।

‘तोकिएको म्याद भित्र काम सम्पन्न गर्ने अवस्था समेत नदेखिएकाले सार्वजनिक ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसार खरिद सम्झौता अन्त गर्नु नपर्नाको उचित कारण भए १५ दिनभित्र स्वयं उपस्थित भइ लिखित स्पष्टिकरण दिनुहोला, अन्यथा नियमानुसार करार सम्झौता अन्तको कारवाही अगाडि बढाइने छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ । चित्तबुझ्दो जवाफ नआए ठेक्का सम्झौता खारेज गरिने भण्डारीले चेतावनी दिइन् ।

विगत केही दिनदेखि पुननिर्माणको काम रोकिएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । ‘थपिएको म्याद पनि अब पाँच महिनामात्रै बाँकी छ, तर अहिलेसम्म ३५ प्रतिशत काम भन्दा सकिएको छैन, फेरि दश दिनदेखि काम पनि भएको छैन,’ उनले भने ।

भुसालका अनुसार अहिलेकै गतिमा काम भएमा तोकिएको समयभित्र काम सम्पन्न नहुने पक्का छ । ‘पर्याप्त मात्रामा निर्माण सामग्री पनि ल्याएको छैन, कहिले काठ छैन भन्छ, कहिले इट्टा सकियो भन्छ,’ उनले भने, ‘फेरि काम गर्ने कामदारहरु पनि केही दिन आउने केही दिन नआउने गरेका छन् ।’

चार करोड ३७ लाख रुपैयाँ लागतमा दरवार पुननिर्माण हुन लागेको हो । ऐतिहासिक दरवार पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जिल्लाका सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?