+
+

जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते १८:५४

१० माघ, काठमाडौं । जाजरकोटको चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुईजना ८ लाख घुससहित सुर्खेतमा पक्राउ परेका छन् ।

गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले अध्यक्ष केसीलाई पक्राउ गरेको हो ।

अध्यक्ष केसीसँगै रहेका चन्द्रबहादुर बस्नेतसमेत पक्राउ परेका छन् ।

घुस लिइसकेको ८ लाख नगदसहित उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कट्कुवा हेल्थपोष्ट नजिकैबाट शुक्रबार नियन्त्रणमा लिइएको अख्तियारको कार्यालय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।

घटनाको थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?