+
+

नक्कली प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचारको मुद्धा 

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते २०:०९

१४ माघ, काठमाडौं । बाँकेको कम्दी-७ पदमपुरमा रहेको शहिद स्मारक माध्यमिक विद्यालयका तत्कालिन शिक्षक उदयराज यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ।

यादवले प्रावि तहको शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन युपी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो।

उनले प्राथमिक शिक्षकको रुपमा २०४१ साल कात्तिक २६ गते नियुक्ति लिँदा नक्कली प्रमाणपत्र पेश गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो ।

नक्कली प्रमाणपत्र पेश गरी शिक्षण पेशामा संलग्न रहेको भन्ने उजुरीको आधारमा यादवलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा यादवले नक्कली प्रमाणपत्र पेश गरी २०४१ साल कात्तिक २६ गते प्राथमिक शिक्षकको रुपमा नियुक्ति लिई २०७६ पुस २९ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?