Comments Add Comment

बसिबियालो : यो समय हो परिवारको लागि

हिजोको दिनसम्म तपाईंको दैनिकी कति धपेडीमा थियो ? दैनिक काम–व्यवहारले एक क्षण फुर्सद दिएको थिएन । यस्तो बेफुर्सदिलो समयमा तपाईंले परिवारसँग समय बिताउन पाउनै भएन ।

जतिबेला तपाईं अफिस÷कार्यथलोको लागि तयारी गरिरहनुभएको थियो, त्यसबेला बालबच्चाहरु विद्यालय जाने हतारोमा थिए । साँझ घर फर्कदा उनीहरु होमवर्क वा पढाई–लेखाईमा व्यस्त थिए वा मस्त निदाइसकेका थिए । शनिबार वा विदाको समय पनि थाँती रहेका काम र भेटघाटले तपाईंलाई दौडाएको दौडाएकै गथ्र्यों ।

सोच्नुहोस त, के हिजोको दिनमा तपाईंले आफ्ना बालबच्चासँग भलाकुसारी गर्नुभयो ? उनीहरुसँग रमाउने, खेल्ने गर्नुभयो ? उनीहरुसँग एकसाथ बसेर खाना खानुभयो ? उनीहरुसँगै मिलेर टेलिभिजन हेर्नुभयो ? उनीहरुलाई रोचक–रोचक प्रसंगहरु सुनाउनुभयो ? उनीहरुलाई व्यवहारिक कुरा साझेदार गर्नुभयो ?

बालबच्चाको मात्र के कुरा ? आफ्ना पार्टनर (श्रीमन–श्रीमती)सँग रमाइलो क्षणहरु सट्नुभयो ? पारिवारिक मन्थन गर्नुभयो ? आर्थिक व्यवस्थापन, पारिवारिक योजना, बालबच्चको अवस्थाबारे छलफल गर्नुभयो ? तपाईंहरुले एकअर्काको रुची, इच्छाबारे चर्चा गर्नुभयो ? आफ्नो भावना साझेदार गर्नुभयो ?

तपाईंहरुसँग घरमा आमाबुवा होलान् । उनीहरु पट्यारलाग्दो बुढ्यौली बिताइरहेका होलान् । के आफ्ना आमाबुवासँग दुःखसुखका कुरा गर्नुभयो ? उनीहरुको परिपक्क अनुभव र अनुभूतिहरु सुन्नुभयो ? उनीहरुको दुःख–सुखको कुरा सुन्नुभयो ?

पक्कैपनि तपाईंसँग यस्तो फुर्सद थिएन । किनभने अहिलेको समयमा पारिवारिक व्ययभार बढेको छ । खर्च गर्नुपर्ने ठाउँहरु बढेका छन् । प्रतिस्पर्धा बढेको छ । कञ्जुस गरेर खर्च गर्दा पनि तपाईंसँग परिवारका लागि समय बचत भएको छैन । किनभने तपाईंको धेरैजसो समय त आफ्नो दैनिक काम–व्यवहारमै खपत भइरहेको छ ।

त्यसो हे भने यतिबेला तपाईंसँग अब त्यस्तो समय पर्याप्त छ, जो परिवारका लागि खर्चन सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस बालबच्चालाई सिकाउनुपर्छ पारिवारिक संस्कार

कोरोना भाइरसको संभावित संकट रोक्न सरकारले सबैलाई घरभित्रै सुरक्षित रुपमा बस्नका लागि आह्वन गरेको छ । तपाईं एक जिम्मेवार, सचेत र उत्तरदायी नागरिकको हैसियतले सरकारको आह्वानलाई पालना गर्दै घरभित्रै बस्नुभएको छ । अहिले एउटा भनाई निकै सान्दर्भिक देखिएको छ, ‘तबसम्म तिम्रो घरमा कोरोनाले प्रवेश गर्दैन, जबसम्म त्यसलाई लिनका लागि तपाईं घर बाहिर जानुहुन्न ।’

यो कुरा मनन गरेर पनि तपाईं÷हामीलाई घरभित्रै बस्नु भलाई छ । साथसाथै के पनि भलाई छ भने, यतिबेला तपाई÷हामीले परिवारसँग पर्याप्त समय दिनसक्छौं । परिवारसँग गुणस्तरिय समय व्यतित गर्न सक्छौं । परिवारसँग व्यवहरिक र रचनात्मक समय व्यतित गर्न सक्छौं ।

यो पनि पढ्नुहोस रेसेपी : आटाको रंगीन मम, स्वादिलो र स्वास्थ्यकर

तर, यतिबेला तपाईंले केही गल्ती गर्न सक्नुहुन्छ । वा तपाईंले यो मौकाको दुरुपयोग पनि गर्न सक्नुहुन्छ ।

जस्तो कि, ओछ्यानमा गुटमुटिएर मोबाइल वा टिभीमा एकोहोरिनुभएको छ कि ?

बार्दली वा छतमा लमतन्न सुतिरहनुभएको पो छ कि ?

नातेदार वा यारहरुलाई निम्तो गरेर घरलाई जुवाखाल पो बनाइरहनुभएको छ कि ?

सरकारलाई गाली गर्दै, भ्रम र अफवाह पत्याउँदै, डर र त्रास छर्दै पो बसिरहनुभएको छ कि ?

छटपटी, बेचैनीले ग्रस्त भएर परिवारलाई तनाव पो दिइरहनुभएको छ कि ?

सोच्नुहोस्, यो एक मौका पनि हो समयको सदुपयोग गर्ने । परिवारलाई खुसी, उत्साहित, उमंगित र रचनात्मक बनाउने । घर र भान्साको काम गर्ने । बगैंचा र फूलहरु स्यहार्ने । नयाँ नयाँ बोट–बिरुवा रोप्ने । मिठो–मिठो परिकर बनाउने । तपाईं के गर्नुहुन्छ ? विकल्प अनेक छन् ।

यो पनि पढ्नुहोस यसरी बनाउन सकिन्छ घरलाई फूलले ढकमक्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment