+
+

साम्राज्ञीको दिनचर्या

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १३:२१

यतिबेला विश्वका अधिकांश जनताको दिनचर्या घर भित्रै बितिरहेको छ । विश्वका अधिकांश देशले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश नै लकडाउन गरेको अवस्था छ । नेपालमा पनि बिगत ६ दिनदेखि यस्तै अवस्था छ ।

नेपाली चलचित्रका छायांकन, प्रदर्शन सबै स्थगित भएका छन् । चलचित्रकर्मी घर भित्रै समय बिताइरहेका छन् । कतिपय कलाकारहरुले सचेतना जगाउनका लागि सक्दो प्रयास पनि गरिरहेका छन् । कतिपय कलाकार भने घरमा बस्दाबस्दै अल्छी लागेको पनि बताइरहेका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भने नयाँ सोच आएको छ । सामाजिक सञ्जालमा उनले अल्छी लागेको उल्लेख गर्दै ‘के हामी ह्याङओभर डे’ मनाउन सक्छौं ? भनेर फ्यानलाई प्रश्न सोधेकी छिन् ।

चलचित्रको काममा व्यस्त हुने कलाकार घरमा बस्दा दिक्क हुनु स्वभाविक हो । तर, कलाकारहरुले नै सरकारको नियमको पालना सशक्त पाराले गरे यसको प्रभाव समाजमा अझ पर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?