Comments Add Comment

इटलीभन्दा स्पेनमा कोरोना संक्रमित धेरै, एकैदिन ८०९ को मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट स्पेनमा एकैदिनमा ८०९ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतकको संख्या ११ हजार ७४४ पुगेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार कुल संक्रमितको संख्या १ लाख २४ हजार ३६ पुगेको छ । यो संख्या कोरोनाबाट सबैभन्दा धेरै मृत्यु भएको इटलीको भन्दा धेरै हो ।

तर पछिल्लो तीन दिनमा पहिलो पटक कोरोनाबाट मृत्यु हुनेको संख्या ९०० भन्दा कममा झरेको छ । यसलाई स्पेनका अधिकारीहरुले सकारात्मक संकेत मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment