+
+

सांसद आलेद्वारा स्वास्थ्य सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते २१:०१

२६ चैत, डोटी । डोटी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आलेमगरले डोटी जिल्लामा कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन आफूले उक्त सामग्री उपलब्ध गराएको सांसद आलेमगरले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय डोटीमार्फत स्वास्थ्य कार्यालय डोटीलाई उपलब्ध गराइएको सामग्रीमा ११० थान पीपीई सेट, ३५ जोडी गम बुट, दुई सय बोटल सेनिटाइजर, एक हजार थानहेड क्याप, एक हजार दुई सय जोडी ग्लोब्स, एक हजार जोडी फुट क्याप, एक हजार दुई सय थानमास्क, ३० बोटल साइरेक्स पाउडर र स्वाब परीक्षण गर्ने भिटिएम तीन सय पाँच थान रहेको छ ।

सांसद आलेमगरले पठाएको सामग्री डोटी जिल्लामा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब संकलनका लागि सामग्री ल्याएर आएको कैलास हेलिकप्टर सर्भिसेजको ९एन-एएमटी हेलिकप्टरमा डोटी पुगेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

प्राप्त सामग्रीहरु आवश्यकताअनुसार जिल्लाका ९ वटै स्थानीय तहमा पठाइने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै मलासीले भने, ‘यो सामग्रीले हामीलाई धेरै सहज भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?