+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

नयाँ वर्षमा राजपाको सन्देश- राष्ट्रिय सहमति गरेर अगाडि बढौैं 

रासस रासस
२०७७ वैशाख १ गते १६:४२

१ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राजपाले सोमबार एक शुभकामना सन्देश जारी गर्दै सरकारकोतर्फबाट अझै प्रभावकारी भूमिकाका निम्ति सबै प्रकारको समस्याबाट मुक्ति पाउन सबैलाई समेटेर राष्ट्रिय सहमतिका लागि छलफल अगाडि बढाउन आग्रह गरेको हो ।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लकडाउन घोषणा भएका अवस्थामा आम नेपाली जनसमुदायले आआफ्नो घरमै सेल्फ क्वारेन्टाइनमा बसी देखाएको धैर्यता र साहसको प्रशंसा गर्दै राजपाले आगामी दिनमा अझै परिस्थिति प्रतिकूल रहने सम्भावना देखिएकाले सजग र संयमित भई लकडाउनको नियम पालना गर्न पनि अपिल गरेको छ ।

साथै राजपाले नव वर्ष २०७७ को पावन अवसरमा देश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीमा उत्तरोत्तर प्रगति तथा सुख, समृद्धि, सुस्वास्थ र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गरेको छ । विश्वभरि फैलिएको कोभिड–१९ को महामारीबाट सबैले मुक्ति पाउन भनी प्रार्थनासमेत गरिएको राजपाका संयोजक शरदसिंह भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?