+
+

अलपत्र दुई सय मजदुरलाई तिलोत्तमाले घर पठायो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते १५:४४

८ वैशाख, बुटवल । लकडाउनका कारण घर जान नपाई अलपत्र परेका विभिन्न जिल्लाका करिब दुई सय जना मजदुरलाई रुपन्देहीको तिलोत्तमा नगरपालिले उद्धार गरी पठाएको छ ।

निर्माण क्षेत्रमा काम गर्दै आएका दाङ, बर्दिया र कैलालीका मजदुरलाई नगरपालिकाले आफ्नो खर्चमा चारवटा गाडी व्यवस्था गरी घर पठाएको हो । तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा भवन निर्माणलगायतका काम गर्दै आएका मजदुरको विवरण संकलन गरी उद्दार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

लकडाउन खुल्ला र घर जाउँला भनेर बसेका बर्दियाका १२ जना बालबच्चासहित ५७ जना, दाङका ११ बालबच्चासहित ६४ जनालाई र कैलालीका ६१ जना लकडाउन थपिंदै गएपछि घर जान नपाई निर्माणस्थल र सार्वजनिक ठाउँमा कष्टकर ढंगले बस्दै आएका थिए ।

सबैजनाको प्रारम्भिक स्वास्थ्य चेकजाँच गरी घर पठाइएको नगरप्रमुख घिमिरेले बताए । नगरपालिकाले दाङका मजदुरलाई दुई वटा बसमा तथा बर्दिया र कैलालीका मजदुरलाई एउटा–एउटा बसमा घर पठाएको उनले बताए ।

‘रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत कैलालीसम्मका प्रमुख जिल्ला अधिकारीसम्म फोन सम्पर्क गरी चार दिनको प्रयासपछि अलपत्र मजदुरलाई घर पठाइएको हो’ घिमिरेले भने–‘हामीले खान बस्न दिन्छौं भन्दा पनि मान्दै नमानेपछि सुरक्षित रुपमा पठायौं ।’

तिलोत्तमामा गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाका अझै डेढ सय जना व्यक्ति घर जान नपाएर अलपत्र परेको सूचना आएको र उनीहरुलाई घर पठाउने व्यवस्था गर्ने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?