
१२ जेठ, काठमाडौं । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । रत्ननगर–९ चितवनकी शेभिका ढकाललाई भारतले उद्धार गरेको हो ।
भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरूलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो। यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्विट गरेर जानकारी दिएको छ ।
Shevika Dakal, a Nepali student of BBA, in Maharishi Markandey Uni, was in Indonesia as part of an exchange program with Airlangga Uni. She left for India by AI 1039. She is thankful to the GOI for the #VandeBharatMission
Thanks to @MoCA_GOI @MoHFW_India @DDNewslive @MEAIndia pic.twitter.com/Ehig6U1yKQ— India in Indonesia (@IndianEmbJkt) May 22, 2020
ट्विटरमा पोष्ट गरिएको एक भिडियोमा ढकालले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् ।
उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू इन्डोनेसियाबाट फर्किन पाएको बताएकी छन् ।
उनले आफ्नो उद्धार गरिदिएको भन्दै नेपाल र भारत दुवै सरकारलाई धन्यवाद दिएकी छिन् ।
प्रतिक्रिया 4