+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल मेडिकल कलेजका २ डाक्टर कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १८:०६

१४ जेठ, काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरखेलका दुई जना चिकित्सकमाथि बुधबार कुटपिट भएको छ ।

बिरामीको मृत्यु भएको विषयमा आफन्तले डा. श्री श्रेष्ठ र डा. राकेश सिंहमाथि कुटपिट भएको अस्पतालको फोकल पर्सन डा‍. गुञ्जन खड्काले बताए ।

उनका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं बेसिगाउँका एक दमको बिरामी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भयो ।

‘हामीले बिरामीको मृत्यु भएपछि कोभिड १९ को आशंका गरेर सोधपुछ गरेका थियौं’ डा. खड्काले भने, ‘बिरामी मारेर कोभिडको आशंका गर्ने भन्दै मृतकका छोराले कुटे ।’

अस्पतालले उक्त घटनाको छानविन गर्न समिति बनाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?